Skin_Hospital_Dhn

कञ्चनपुरमा पानिमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

कञ्चनपुर ।
कञ्चनपुरमा डेढ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका—२ दशरथ बस्तीस्थित डेढ वर्षीय रोमन चौधरीको डुबेर मृत्यु भएको हो ।

कैलारी गाउँपालिका—३ भर्री घर भई हाल पुनर्वास नगरपालिका—२ दशरथ बस्तीस्थित
सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीको डेढ वर्षको छोरा रोमन चौधरीको हिजो (बुधवार) डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेलिरहेको अवस्थामा इँटा भट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...