चरेशसहित कञ्चनपुरका युवक टनकपुरबाट पक्राउ
कञ्चनपुरका एक युवक लागुऔषध चरेशसहित टनकपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको सीमावर्ती टनकपुर बजार क्षेत्रबाट भारतीय प्रहरीले चरेशसहित कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टीका २० वर्षीय करमसिंह ठगुन्नालाई पक्राउ गरेको हो।
भारतिय प्रहरीले नशामुक्त अभियान’ अन्तर्गत चेकजाँच गरीरहेका बेला पक्राउ गरीएको थियो । भारतको चम्पावत प्रहरीका अनुसार झण्डै ३ किलो चरेश तस्करी गरिरहेको अवस्थामा ठगुन्नालाई पक्राउ गरीएको हो ।
प्रहरीले पक्राउ गरेका ठगुन्नामाथी कानूनी कारबाही अगाडि बढाएको जनाएको छ।