६ लेन सडकको तारजाली नाघ्नेलाई खादा लगाइ सम्मान

धनगढी ।
६ लेन सडक मेडियनको तारजाली नाघ्नेलाई धनगढी उप—महानगरपालिकाले खादा लगाइ सम्मान गरेको छ । धनगढी उप—महानगरपालिका वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरिएको हो।

मोहनापुल–अत्तरिया ६ लेन सडक मेडियनको तारजाली नाघ्ने शिवराज पाध्यायलाई खादासहित धनगढी उप—महानगरपालिकाका नगरप्रमुख गोपाल हमालले तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन खादाले सम्मान गरेका हुन्।

नगर प्रमुख हमाललको सचिवालयका अनुसार उनी धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका थिए।

सम्बन्धित
Loading...