Skin_Hospital_Dhn

यु –१९ विश्वकपमा स्थान बनाउन सफल युवा क्रिकेटरहरुले जनही १ लाख पुरस्कार पाउने

काठमाडौँ ।
यु –१९ विश्वकपमा ७ वर्षपछि स्थान बनाउन सफल युवा क्रिकेटरहरुले जनही १ लाख पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यु –१९ विश्वकपमास्थान बनाउन सफल टिमका खेलाडीहरुलाइ पुरस्कार दिने घोषणा गरेसंगै खेलाडीहरुले जनही १ लाख पाउने भएका हुन् ।

बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई ७ रनले पराजित गर्दै नेपाल यु –१९ विश्वकपमा ७ वर्षपछि स्थान बनाउन सफल भएको हो।

क्यानले सफलता हात पार्न सफल टिमको हौसला बढाउनका लागि सरकारसँग पनि पुरस्कारका लागि पहल गर्ने बताएको छ । प्रतियोगितामा नेपालले सबै ५ खेलमा जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने यु–१९ पुरुष विश्वकपमा सहभागिता जनाउनेछन्।

सम्बन्धित
Loading...