
काठमाडौँ: स्थानीय बजारमा सोमबार पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सय रुुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ।
