आजको मौसमः पहाडी भू—भागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौं ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभावका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रही देशका बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भू—भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।