काठमाडौं: चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।असोज २४ गते रिलिज हुने चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक भएको हो ।
ट्रेलर विराज भट्ट र समीर भट्टको एक्सनपूर्ण सिनले भरिएको छ । उनीहरु बाबुछोरा हुन् । यस चलचित्रमा १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा छ ।
‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेब्यू गरेका छन् ।
विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय रहनेछ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।