
बैतडीः बैतडी घर भएका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको दशरथथचन्द नगरपालिका–१ गुरुखोला बन्तड घर भएका २६ वर्षीय दिनेश भट्टको मृत्यु भएको हो।

रोजगारीको सिलसिलामा भारतको चेन्नइमा रहेका भट्टको गाडीले ठक्कर दिँदा मृत्यु भएको उनका आफन्त भुवनराज भट्टले बताए। अस्ती आइतबार उनलाई गाडीले ठक्कर दिएर मृत्यु भएको बताइएको छ।

२०७३ सालदेखि रोजगारीका लागि भारतमा रहेका भट्टको निधन भएपछि उनका आफन्त भारतको चेन्नइ पुगेका छन्। दशैंको मुखमा दिनेशको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।
