Skin_Hospital_Dhn

नेपाल प्रहरी प्रधान कार्यालयमा बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

काठमाडौं ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा हिजो (बिहीबार) बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालय र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌बाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।

बैण्ड कन्सर्ट कार्यक्रममा नेपाल प्रहरी सङ्गीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाटः इउजिक निर्देशक, कप्तान एस्थर हेस एवं सहायक सङ्गीत निर्देशक क्याप्टेन सुनिल गुरुङ समेतको टोलीद्वारा विभिन्न सुमधुर धुन प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले रक्षा सहचारी, कर्नेल, पल स्मिथ, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌काः सङ्गीत निर्देशक, कप्तान एस्तर हेस, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का सहायक सङ्गीत निर्देशक क्याप्टेन सुनिल गुरुङ लाई कृतज्ञताको चिनो प्रदान गरेका थिए । सोही अवसरमा रक्षा संलग्न, कर्नेल, पॉल स्मिथ र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाटः इउजिक निर्देशक, कप्तान एस्थर हेस ले प्रहरी महानिरीक्षक सिंहलाई समेत कृतज्ञताको चिनो प्रदान गरेका थिए ।

वि।सं।२००९ सालमा सुरु भएको नेपाल प्रहरी सङ्गीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, सङ्गठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समय समयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी सङ्गीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Loading...