Skin_Hospital_Dhn

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपालले पीएनजीसँग खेल्दै

काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । खेल दुबईमा बिहान पौने १२ बजे शुरु हुनेछ । शृङ्खलाको तेस्रो खेलमा नेपालले आज (शुक्रबार) पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो भने हिजोको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित हुन पुग्यो । यो शृङ्खलामा नेपाल, युएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार युएईसँग हुनेछ ।

अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नु पर्नेछ । साथै एक दिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ ।

सिरिज खेल्ने नेपालको टोलीमा रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. रहेका छन् ।

सम्बन्धित
Loading...