Skin_Hospital_Dhn

स्पेनिस कोपा डेल रेः क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्‍यो

काठमाडौँ ।
स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियलले आत्मघाति गोल गर्दा बार्सिलोनाले १–० को जित दर्ता गरेको हो ।

खेलको पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा हिजो (बिहीबार) राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो भएसंगै अब दोस्रो लिगमा यही नतिजा कायम राखे बार्सिलोना फाइनलमा पुग्नेछ ।

सम्बन्धित
Loading...