सागर ढकालले सुदुरका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाए

धनगढी ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिनिधि सभा चुनावमा पराजित सागर ढकालले ज्ञापन पत्र बुझाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिनिधि सभा चुनावमा पराजित सागर ढकालले भूकम्पीय जोखिम सम्बन्धी सुरक्षाको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टसहितका नेताहरूले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् भने उनीहरु पनि ढकालसँगै मुख्यमन्त्रीको निवासमा पुगेका थिए ।

आज (शुक्रबार) धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न उनले प्रदेश सरकारलाई आग्रह गर्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा सुदूरपश्चिमको संस्कार र संस्कृति जोगाउन भूमिका खेल्न, विज्ञानलाई आधार मानेर योजना छनोट गर्न, विद्यालयमा प्रदेशका रैथाने शैलीका पोसाक लगाउन र अनुसन्धान बजेट पालिकामा बढाउन माग गरिएको छ ।

ढकालसहितका युवाले उठाएको मागमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेको छ ।

सम्बन्धित
Loading...