Skin_Hospital_Dhn

राष्ट्रपति निर्वाचनलाई केन्द्रित गर्दै सुदूरपश्चिममा सत्तारुढ गठबन्धनको अभिमुखीकरण कार्यक्रम सुरु

धनगढी ।
आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गर्दै राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिममा सुरु भएको छ । आठ राजनीतिक दलको तर्फबाट उमेद्धार भएका पूर्व सभामुख रामचन्द्र पौडेललाई निर्वाचित गराउन गठबन्धनमा आबद्ध सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षण दिन सुदूरपश्चिममा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रको आयोजनामा कैलाली जिल्ला गोदावरी नगरपालिकाको शालिनी बाटिकामा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरू सहभागी भएका छन् ।

उनीहरूलाई गठबन्धनको नेतृत्वकर्ता दल नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूले प्रशिक्षण दिने भएका छन् ।

सम्बन्धित
Loading...