
धनगढी ।
सफा र सुन्दर धनगढीको परिकल्पना गर्दै धनगढी उप—महानगरपालिकाले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानलाई तीव्र पार्न टोलटोलमा ‘टोल सरसफाई समिति’ गठन गरेर काम अगाढी बढाएको छ।
‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानलाई तीव्र पार्न उप—महानगरभित्रका हरेक वडाभित्रका टोलटोलमा सरसफाई टोल समिति नै गठन गरेर काम अगाढी बढाएको हो ।

सामाजिक परिचालिका पशुपति सुवेदीको नेतृत्वमा वडा नम्बर ६ नजरियामा सरसफाई समिति गठन गरेर फोहोरको वर्गीकरण गर्ने विषयमा छलफल समेत भएको छ।

धनगढी उप—महानगरपालिका वडा नम्बर ७ को भानु चोकमा सामाजिक परिचालिका विन्दु केशीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न, उप—महानगरपालिका–९ शिवरामनगर टोलमा सामाजिक परिचालिका जानकी ताम्राकारको नेतृत्वमा फोहोर वर्गीकरण सम्वन्धित छलफलको आयोजना, उप—महानगरपालिका–१२ मा सामाजिक परिचालिका अनिता भट्ट ओझाको नेतृत्वमा वडा नम्बर १२ ‘ए’ गाउँ दुर्गा र कालिका टोलमा सरसफाई गरिनुका साथै फोहोर वर्गीकरण सम्वन्धित छलफल र उप—महानगरपालिकाले धनगढी–६ मा सामाजिक परिचालिका पशुपति सुवेदीको नेतृत्वमा एकता टोल र सुर्यादय टोलमा सरसफाई समिति गठन गरेर फोहोरको वर्गीकरण विषयमा छलफल भएको हो ।
धनगढी–१८ मा सामाजिक परिचालिका रामप्रसाद रानाको नेतृत्वमा नक्लिपुर टोललाई प्लाष्टिक मुक्त टोल बनाउन सरसफाई तथा फोहोरलाई स्रोतमा वर्गीकरणका लागि अभियान सञ्चालन, धनगढी–११ को जोखैया टोलमा पनि टोल विकास समिति र सरसफाई समिति गठन गरिएको छ ।
त्यस्तै वडा नं. २ मा सामाजिक परिचालिका निर्मला खड्का रावलको नेतृत्वमा सरस्वती नगरमा रहेको भवानी टोल विकास संस्था र सरसफाई समितिले हुलाकी सडकमा रहेको फोहोर सरसफाई गर्ने काम भएको छ। वडा नं. १० जुगेडा गाउँको भगत टोलमा पनि सरसफाई समिति गठन गरेर सफाई गर्ने काम भएको छ।
त्यस्तै वडा नं. १२ सरसफाई समिति गठन भएर ‘बी’ गाउँ उद्यमशिलता टोलमा सरसफाई गरिएको छ । वडा नं. ७ को जाखोर ताल परिसरमा सामाजिक परिचालिका विन्दु केशीको नेतृत्वमा, सामाजिक परिचालक रामप्रसाद रानाको नेतृत्वमा वडा नं. १९ को २६ नम्बर टाउनमा दुईवटा सरसफाई समिति गठन गरिएको धनगढी उप—महानगरपालिकाले जनाएको छ।
उप—महानगरपालिकाले यसरी हरेक वडा मात्र नभएर हरेक टोलमा सरसफाई समिति नै गठन गरेर दिर्घकालिन रुपमा फोहोर व्यवस्थापनका लागि काम गर्दै आएको छ।
