Skin_Hospital_Dhn

आजको मौसमः देशका पहाडी भू—भागमा सामान्य बदली

काठमाडौं ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू—भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित
Loading...