Skin_Hospital_Dhn

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट भोलि दर्ता हुने

काठमाडौँ ।
हिजो (शुक्रबार) सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले दुई वर्ष पहिलेको रिट दर्ता गर्न आदेश दिए पछि भोलि (आइतबार) रिट दर्ता गरिन लागिएको हो ।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।

दर पिठ भए पछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट लिएर पुगेका थिए । सोही रिटमा सुनवाइ गर्दै न्यायधीशद्धय कार्की र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिएका छन् ।

अधिवक्ता आरणका अनुशार शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको हुनाले आइतबार आदेशको प्रतिलिपि लिई रिट दर्ता गरिने छ ।

सम्बन्धित
Loading...