Skin_Hospital_Dhn

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरी सुशासन कायम गर्ने छौ : मन्त्री देउवा 

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरी सुशासन कायम गर्ने बताएका छन्  ।

 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मी र सञ्चार गृहको क्षमता विकासमा सहयोगी भूमिका निर्वाह गर्ने समेत बताएका छन् ।

 

उनले भने ‘अहिले सरकार निमार्णको प्रक्रियामा रहेका बेला पत्रकारिताको माध्यम बाट सही निष्पक्ष र सही सूचना संकलन तथा सम्प्रेषण गरी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था प्रति जनताको विश्वास कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त छु’ ।

 

साथै हाम्रो सरकार हो भनी विश्वास दिलाउन आवश्यकताका आधारमा जनताले महसुस गर्ने गरी विकास निर्माणका कार्य गर्ने उनले बताए ।
सम्बन्धित
Loading...