
धनगढी ।
स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका पूर्व—पश्चिम राजमार्ग अन्तरगतको खैराना पुल नजिकै स्कुल बसले ठक्कर दिदाँ बाटुबट्टै आलेमगरको मृत्यु भएको हो ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका पूर्व—पश्चिम राजमार्ग अन्तरगतको खैराना पुल नजिकै स्कुल बसले पैदलयात्री अन्दाजी ६५ वर्षीया बाटुबट्टै आलेमगरलाई ठक्कर दिएको थियो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका अनुसार माउन्ट साईपाल स्कुलको बसले ठक्कर दिएको हो। उनको मृत्युपस्चात स्थानीयले सडक जाम गरेका छन् ।
