Skin_Hospital_Dhn

सुदूरपश्चिमलाई नयाँ तरीकाले चिनाउनु पर्छ : आर्थिक मामिला मन्त्री शाही

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिमलाई नयाँ तरीकाले चिनाउनु पर्ने बताएका छन् ।

 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सबै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सूचना लुकाउनु पर्ने कुनै कारण हुँदैन, सबै कुरा पत्रकार मार्फत जनतालाई जानकारी हुनु पर्नेमा जोड दिएका छन् ।

 

 

मन्त्री शाहीले भने अब सुदूरपश्चिमलाई गरिबी,विकट, दुर्गम, पछौटेपनको नजरले मात्र चिनाउने हैन केही नयाँ कामको सुरुवात गरेर नयाँ तरीकाले सुदूरपश्चिमलाई चिनाउनु पर्छ, सुदूरपश्चिममा हुने सबै कार्यक्रमहरू र विकास निर्माणका कामहरु समयमै गरौँ समयलाई मध्यनजर गरौं सुदूरपश्चिम भन्ने बित्तिकै समयको महत्त्व भएको प्रदेशका रूपमा चिन्ने ब्रान्ड बनाऊँ अब नेपाली टाईम हैन ।

 

 

कैलालीको गोदावरीमा रहेको सालिना बाटिकामा सञ्चालन भएको साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए । महासङ्घका प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले सञ्चालन गरेको साधारण सभामा सुदूरपश्चिमका नौ वटै जिल्ला शाखाका अध्यक्ष, प्रदेश समिति, केन्द्रीय सदस्य, पेसागत सङ्गठनका प्रमुखलगायत विभिन्न मिडियाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

Loading...