“शिरमा अपि र साइपाल छ, यहाँ हरिया फाँटहरू छन्, तैपनि हामी गरिब छौ” : मुख्यमन्त्री शाह

धनगढी ।

Kanun123

शिरमा अपि र साइपाल छ यहाँ हरिया फाँटहरू छन् । तैपनि हामी गरिब छौ । पूर्वमा कर्णाली पश्चिममा महाकाली छ । तैपनि हामी गरिब छौ । जडीबुटीको अपार भन्डार छ तैपनि हामी गरिब छौ । पर्यटनका हिसाबले देवस्थलका रूपमा सुदूरपश्चिम चिनिन्छ तर पनि हामी बिदेशिनु पर्ने बाध्यता छ । यो सबै कुरा तपाईँहरूलाई पनि थाहा छ । त्यसैले मेरो आग्रह छ सबैलाई तपाइ हामी सबै मिलेर चाहे कृषिको क्षेत्र होस चाहे पर्यटनको क्षेत्र होस, स्वास्थ्यको क्षेत्र, शिक्षाको क्षेत्र, चाहे रोजगारीको क्षेत्र होस यी सबैसँग यो ठाउँको समग्र विकासको लागी तपाइ हामी अग्रसर हौ यो आबहन म गर्न चाहानछु मुख्यमन्त्री कमल बहादुर शाहले भने ।

 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो उद्घाटन समारोहमा मुख्यमन्त्री कमल बहादुर शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

साथै उनले प्रदेशलाई यदि बलियो बनाउने हो भने प्रदेशलाई दिनुपर्ने अधिकार छिटो भन्दा छिटो केन्द्रीय सरकार निर्माण भएर त्यो अधिकारहरू स्थापित गर्नुपर्ने र दिनुपर्ने बताएका छन् । उनले ‘भने हामीलाई समस्याहरू पनि धेरै छन् त्यो समस्याहरूसँग जुध्नको लागी तपाइहरूको साथ र सहयोग अपरिहार्य छ । र सुदूरपश्चिमको वास्तविक धरातललाई बुझेर यहाँको सोर्सलाई बुझेर हामीले त्यसलाई के गर्न सक्छौ । भन्ने सल्लाह र सुझाव म तपाईँहरूबाट चाहन्छु । त्यति मात्र नभई आर्थिक रूपमा सबल र सक्षम यो प्रदेशलाई कसरी बनाउन सकिन्छ यसमा पनि सल्लाह सुझाव चाहन्छु’ ।

Kailali_mahotsab
सम्बन्धित
Loading...