Skin_Hospital_Dhn

कैलालीमा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

धनगढी ।
कैलालीमा जुवा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जानकी गाउँपालिका—३ भगतपुरमा जुवा तास खेलिरहेको अवस्थामा ५ जनालाई हिजो (शुक्रवार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जानकी गाउँपालिका—३ भगतपुरमा सोही गाउँपालिका—१ दुर्गौली बस्ने ४९ वर्षीय चन्द्रभान बमलगायत ५ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगद २४ हजार ३ सय ३५ रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...