Skin_Hospital_Dhn

पहाडमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात

काठमाडौँ ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू—भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सम्बन्धित
Loading...