आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह विश्वासको मत लिदै
धनगढी ।
आज (आइतबार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिदै छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले आज (फागुन २१ गते)का लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका थिए ।
उनले पठाएको पत्र अनुसार आइतबार दिउसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए।
उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलिय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन् । साथै माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ ।
दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन्। तीन दलसँग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासाको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।
यसअघि मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावल नेतृत्वको सरकार ढलेको थियो । अहिले कांग्रेस नेतृतत्वको सरकारलाई पनि विश्वासको मत दिनु अघि मन्त्रालयमा भागबन्डा लगाउनु पर्ने उन्मुक्तिको भनाइ छ।
उन्मुक्तिले प्रदेश मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको अवस्थामा प्रदेश सरकारलाई दुई तीहाई समर्थन हुनेछ।
रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए।