
धनगढी ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तराईका केही स्थानमा आज (आइतबार) अपराह्नतिर हावाहुरी चल्ने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो ।

हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आंशिकदेखि सामान्य मौसम बदली भइ आज कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

अहिले बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिक बदली रहेको छ भने बाँकी भू(भागमा मौसम सामान्यतस् सफा छ ।
महाशाखाका अनुसार कोसी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक—दुई स्थानमा हल्का हिमपात हुनेछ।
