
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शाहले दुई तिहाइभन्दा बढी मत पाएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।

शाहले ४१ मत पाएका छन् । उनले आफ्नो पार्टी नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्रबाट निर्वाचित एक जना प्रदेश सभा सदस्यको मत पाएका हुन् ।

विश्वासको मत पाए लगतै उनले आफू जनता प्रति इमानदार रहने प्रण गरेका छन् ।
उनले ‘भने भ्रस्टचारका कुरामा सुशासनका कुरामा म यो प्रतिबद्धता जाहेर गर्छु की भ्रष्टाचारका सन्दर्भमा म अत्यन्त कठोर भएर उभिनेछु । यो विश्वास म तपाईँहरूलाई दिलाउन चाहन्छु । विगतका दिनमा कुराहरू उठेका आएका छन् यसको पनि सूक्ष्म रूपले समीक्षा र अध्ययन गर्नेछु र यो सिङ्गो सदनलाई यो सिङ्गो जनताको अभिमतलाई सम्मान गर्ने दिशातिर म निरन्तर अघि बढ्नेछु । यो विश्वास म दिलाउन चाहन्छु’ ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्र सीङ रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको संसदीय दलको नेताको हैसियतले गत २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।
