आईसीसी क्रिकेट विश्वकप लिग—२ : पीएनजीसँग यूएई पराजित

काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग—२ मा पपुवा न्यु गिनी (पीएनजी) सँग यूएई पराजित भएको छ ।

घरेलु मैदानमा भइरहेको लिग—२ अन्तर्गत शृखंलामा यूएई हिजोे (आइतबार) पीएनजीसँग ५ विकेटले पराजित भएको हो ।

दुबईमा भएको लो स्कोरिङ म्याचमा यूएईले दिएको ९८ रनको लक्ष्य पीएनजीले २६.५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

पीएनजीका टोनी उराले अविजित ३५ रन बनाए । बलिङमा यूएईका रोहन मुस्ताफाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई २६.२ ओभरमा ९७ रनमा अलआउट भएको थियो । यूएईका लागि भृत्य अरभिन्दले सर्वाधिक २६ रन बनाए ।

Gaurishankar Dental

यूएईलाई अलआउट गर्न पीएनजीका राइले हेकुरेल ४.२ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ५ विकेट लिए ।

चाड सपरले ३ तथा चार्ल्स अमिनीले १ विकेट लिए । यूएईमा जारी शृखंलामा भोली (सोमबार) नेपाल र यूएईबीच अन्तिम खेल हुनेछ । पीएनजीसँग पराजित भएपछि यूएईलाई शीर्ष तीनमा रहन बाँकी सबै ४ खेल जित्नुपर्ने बाध्यता बनेको छ ।

यस्तै नेपालले पनि शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन बाँकी पाँचवटै खेल जित्नुपर्नेछ । सोमबार यूएई विरुद्ध हुने खेल नेपालको लागि जित्नैपर्ने अवस्थामा छ । यदी नेपाल यूएईसँग पराजित भए शीर्ष तीनको सम्भावना सकिनेछ ।

शीर्ष पाँचमा रहँदै ओडीआई मान्यता जोगाउन भने नेपालले पाँच मध्ये तीन खेल जिते पुग्नेछ । यूएई ३१ खेलबाट ३१ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३० अंकसहित नेपाल छैटौं स्थानमा छ ।

३२ खेलबाट ९ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ । लिग—२ को शीर्ष तीनमा रहने टोली जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।

पहिलो स्थानमा रहेको स्कटल्याण्ड र दोस्रो स्थानमा रहेको ओमानले भने विश्वकप छनोटमा स्थान बनाइसकेका छन् ।

सम्बन्धित
Loading...