Skin_Hospital_Dhn

सरकार असफल भए पनि अहिल्यै ढाल्ने पक्षमा छैनौँ : प्रचण्ड

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको दावी गरे।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको सय दिन असफल रहेको उल्लेख गरे। उनले सरकार निर्माण नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे।

वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए। प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको पनि दावी गरे।

सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको बताए। प्रचण्डले भने, ‘सय दिनसम्म हेर्दा यो सरकार असफल छ। तर फेरि सरकार त बनेकै छ। यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्र र मेरो कुनै मनशाय छैन। त्यसो गरेर जनतालाई हैरान पार्नेभन्दा यही सरकारले राम्रो गरिदिए हुन्थ्यो भन्ने छ तर यो सरकारले राम्रो गरिरहेको छैन।’

अध्यक्ष प्रचण्डले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गरे।

सम्बन्धित
Loading...