Skin_Hospital_Dhn

सेवाग्राहीसँग घुस मागेको अभियोगमा सशस्त्र प्रहरी सहायक हवल्दार पक्राउ

सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सहायक हवल्दारलाइ नियन्त्रणमा लिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित एक जना सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई घुस रकमसहित आज (आइतबार) साँझ पक्राउ गरेको थियो ।

सुरक्षा बेसक्याम्प बिष्णुपुरामा कार्यरत सेनले टयाक्टरमा माटो ओसारपसार गर्नेहरूसँग घुस मागेको सूचना आयोगलाई आएको थियो।

घुस मागिरहेको सूचना तथा उजुरी निवेदनका आधारमा सेनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका सेनमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सम्बन्धित
Loading...