
काठमाडौँ: सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यकाे रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज (बुधबार) सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो।

चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो। चाँदी आज ताेलामा १५ रुपैयाँ बढेकाे हाे।
सुनको भाउले दिनदिनै नयाँ-नयाँ रेकर्ड बनाउन थालेपछि सर्वसाधारणले सुनको ढिक्का नै किन्न थालेका व्यवसयासीले बताएका छन्। तिहारको बेला सुनचाँदीको किनबेच धेरै हुन्छ। सुरक्षित लगानी मानिने सुन अप्ठ्यारोमा तत्काल बेचेर नगद आर्जन गर्न सकिने हुँदा सर्वसाधारणले ढिक्का नै किन्न थालेका व्यवसायीले बताएका छन्।
