Skin_Hospital_Dhn

आजको मौसमः सुदूरका पहाडी भेगका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका एक—दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू—भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

यसैगरी, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च ‍पहाडी तथा हिमाली भू—भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित
Loading...