Skin_Hospital_Dhn

आईसीसी विश्वकप लिग— २ : नेपालले यूएईसँग खेल्दै

काठमाडौं ।
आईसीसी विश्वकप लिग— २ अन्तर्गत आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ ।

घाइते भएका कारण आजको खेलमा कुशल भुर्तेलले खेल्न पाउने छैनन् । कुशलको ठाउँमा सन्दीप जोराले खेल्ने पक्का भएको छ । खेल विहान पौने १२ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसै शृङ्खला अन्तर्गत यूएईसँग भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । युएई भने बाँकी दुई वटै खेलमा पपुवा न्यूगिनिसँग पराजित भएको छ ।

नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटौँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ । ३१ खेल खेलेको यूएई ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

सम्बन्धित
Loading...