Skin_Hospital_Dhn

गरिब भए पनि यो संसारमा

गरिब भए पनि यो संसारमा सुखले बाचेको छु ।
आफ्नो स्वाभिमानमा म रमाएको छु ।

ढिँडो र सिस्नोको तरकारी मिठो मानी खाएको छु ।
खेतबारीमा पसिना बगाएर रमाएको छु ।
आशा छ पैसा कमाएर घर परिवार सुखी राख्छु ।
ठुला ठुला महल नभए पनि सानो झुपडीमा रमाएको छु ।

गाडी, मोटर चढ्न पैसा नभएर नाङ्गै खुट्टा हिँडेको छु ।
गरिब भए पनि यो संसारमा सुखले बाचेको छु ।
श्रम  गरेर एक छाक खाए पनि मनमा कुनै दुःख छैन ।
सबैलाई सहयोग गर्छु कसैको मन दुखाएको छैन ।

त्यसैले मैले सबैको माया पाएको छु ।
गरिब भए पनि यो संसारमा सुखले बाचेको छु ।

सम्बन्धित
Loading...