Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली

देशका अधिकांश भू–भागमा तापक्रम क्रमशः घट्दै जाने भएकाले चिसोबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराई भू–भागमा हुस्सु कुहिरो लाग्ने जनाएको छ ।

महाशाखाले भनेको छ, ‘देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।’

महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

बुधवार राति १ नम्बर प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

 

सम्बन्धित
Loading...