Skin_Hospital_Dhn

तराईका जिल्लाहरूमा आज होली पर्व मनाइँदै, सार्वजनिक बिदा

धनगढी । 

तराईका प्राय सबै जिल्लाहरूमा आज (मंगलवार) धूमधामका साथ होली पर्व मनाइँदै छ । बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरीलगायतका तराईका जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइदैछ।

तराईंमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। पहाड घरभई तराईमा बस्दै आएकाहरूले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै आज होली पर्व मनाउँदै छन् ।

आज सरकारले होली मनाइने तराईका जिल्लाहरूमा सार्वजनिक बिदा समेत दिएको छ। पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ।

होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ।

सम्बन्धित
Loading...