
धनगढी ।

कैलालीमा हिजो (सोमबार) लागू औषध खैरो हेरोइनसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका—१ भरतपुर बस्ने दिनेश नाथ र गोदावरी नगरपालिका—४ बुढितोला बस्ने शेर बहादुर तामाङलाई अवैध लागू औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका—१ भरतपुर बस्ने २७ वर्षीय दिनेश नाथलाई उसैको कोठाबाट ६ ग्राम १ सय ५० मिलिग्राम र गोदावरी नगरपालिका—४ बुढितोला बस्ने बस्ने ३६ वर्षीय शेर बहादुर तामाङलाई गोदावरी नगरपालिका—२ दक्षिणकाली पेट्रोलपम्प नजिकबाट २ सय २० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइनसहित हिजो (सोमबार) बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
