Skin_Hospital_Dhn

धनगढीको सौंराई स्क्वायरमा होली हंगामा कार्यक्रम हुने

धनगढी ।
धनगढीको शहिदगेट नजिकै रहेको सौँराइ स्क्वायरमा आज (मङ्गलवार) होली हंगामा कार्यक्रम हुने भएको छ । सौँराइ स्क्वायरले होली पर्वको अवसर पारि आफ्नो लोपोन्मुख संस्कृतिलाई जगाउने तथा स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले होली हंगामा कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रम आज बिहान ११ बजे देखी दिउसो ३ बजेसम्म सञ्चालन हुने सौँराइ स्क्वायरका सञ्चालक उमेश बिक्रम शाहले बताएका छन् । कार्यक्रममा गाएन, नृत्य र हास्य व्यङ्गे प्रस्तुतिहरू रहनेछन् । साथै भोलि बुधवार ११३औँ नारी दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरूलाई सम्मान समेत गरिने सौँराइ स्क्वायरले जनाएको छ।

कार्यक्रमका मुख्य आकर्षणमा निःशुल्क प्रवेश पाइने, आकर्षक सजिसजावट तथा रमाइलो वातावरणको सिर्जना गरिने सञ्चालक शाहले बताए ।

होली हंगामा कार्यक्रमका प्रायोजनहरू सेतो बाच भोड्का, नेपाल आइस नेचर, बिबेक फिड र मिडिया पार्टनर नयाँ सन्देश डट कम रहेको छ ।

Loading...