
डोटी ।
डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिकाको स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा डबल सेट्टी पक्राउ परेका हुन् ।

स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका—१७ धुर्जनाका ३५ वर्षीय रजि साउँदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
