
यूएईमा भएको आइसिसी विश्वकप लिग —२ अन्तर्गतको सिरिजमा सहभागी हुन गएको नेपाली टोली आज स्वदेश फर्केको छ ।

सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्केको हो ।

यूएई भ्रमणका क्रममा खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पिएनजी) र घरेलु टोलीसँग समान २–२ खेल खेलेको थियो ।
नेपालले पिएनजीसँगको दुई खेल नै तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।
