Skin_Hospital_Dhn

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा कसलाई भोट दिने र राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बैठक बस्ने सो दलले जनाएको छ ।

‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र देशमा देखिएको पछिल्लो आर्थिक मन्दीका विषयमा पनि छलफल हुनेछ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मतदान गर्ने कि नगर्ने बारेमा आज निर्णय लिने श्रेष्ठले बताए ।

सम्बन्धित
Loading...