
दार्चुला ।
दार्चुलामा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका ४ बाङ्गाबगर पानी टङ्की नजिक हिजो (मङ्गलवार) म. प्र.–०३ ००१ ज ०३४० नम्बरको जिप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार महाकाली नगरपालिका—२ बस्ने ४३ वर्षीय मोहनले चलाएको जिप ब्याक गर्ने क्रममा सडकबाट १०० मि. तल लास्कु खोलामा खस्दा चालकसहित १० जना भारतीय नागरिक घाइते भएका थिए । घाइते सबैजनालाइ जिल्ला अस्पताल दार्चुला पठाइएको थियो । जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा १ जना भारतीय नागरिक ५५ वर्षीय कालीदेवी नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना भएको बताइएको छ । घाइते एक ७ वर्षीया बालिका किरन आग्रीलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ । ४३ वर्षीय जिप चालक मोहन अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको निगरानीमा रहेको प्रहरीले जनाएको छ ।
