Skin_Hospital_Dhn

सेटिगाउँ बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा मालको उम्मेदवारी

बैतडी ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गरे लगत्तै विभिन्न पदका लागि फरक—फरक विद्यार्थी सङ्गठनका विद्यार्थी नेताहरूको नाम चर्चामा आउन थालेको छ । विगत १४ वर्षदेखि निर्वाचन हुन नसकेकाले पनि आकांक्षीहरू धेरै देखिनु स्वाभाविक बनेको छ ।

यसै क्रममा सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेस्वर बैतडीमा सभापतिको लागी आशिष् मालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेस्वर बैतडी स्थायी घर भई हाल अध्ययन र पत्रकारिताको सिलसिलामा धनगढी बस्दै आएका मालले पनि सेटी गाउँ बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको लागी चुनावी तयारी थालेका छन् ।

उनका अनुसार हालसम्म कयौँ पटक स्ववियु निर्वाचन भएता पनि हामी विद्यार्थीहरूका समस्याहरू सधैभरी समस्या नै रहिरहेको र यस्ता समस्या समाधानको लागी स्ववियुमा राजनीति जोगाउनका लागी विद्यार्थी बनेका आयातित राजनीतिज्ञले नभई नियमित वास्तविक विद्यार्थीहरूले ठाउँ पाउनुपर्ने उनको भनाई छ ।

विगतमा भएका यस्तै कार्यहरूले गर्दा आज त्रिभुवन विश्वविद्यालयमा चरम लापरबाही र विद्यार्थीमाथि खेलबाड भइरहेको बताए । यस्ता तमाम समस्याहरूको दिगो समाधानको लागी आफ्नो उम्मेदवारी रहने उनले बताएका छन् ।

देशभरका विभिन्न क्याम्पसमा स्ववियु निर्वाचन घोषणा भएसँगै विद्यार्थी सङ्गठनहरू आफ्नो माहोल बनाउन जुटेका छन् ।

बैतडी जिल्लाको सर्वाधिक चर्चामा रहेको एक मात्र क्याम्पस सेटिगाउँ बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)मा पहिलेबाट सक्रिय रहेको छ । यति बेला यस क्याम्पसमा अखिलका विद्यार्थी नेता मालको नाम चर्चामा रहेको छ ।

सम्बन्धित
Loading...