
धनगढी ।
सुदूरपश्चिममा फागुपर्व होलि मनाउँदा नियम उल्लङ्घन गरी तथा मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेहरु कार्वाहीमा परेका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आइबार र सोमबार विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ सय ९६ सवारीसाधन कार्वाहीमा परेका हुन्।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहानैदेखि सवारी चेकजाँचमा कडाइ गर्दा लागूपदार्थ सेवन गरी सवारी चलाउने २४ जना जना चालकलाई नियन्त्रणमा लिइएको छ। उनिहरुबाट २४ हजार जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै ट्राफिक नियमको उल्लंघन गर्ने ६ सय ७२ सवारी साधनलाई कार्वाही गरिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनिहरुबाट ४ लाख ६३ हजार ५ सय राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।
यसैगरि कञ्चनपुरमा सोमबार मात्रै ८५ सवारी कार्वाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दका अनुसार उनिहरुबाट ५५ हजार राजश्व संकलन भएको छ । र २ मोटर साइकल र एक बस गरि तिन सवारी साधन नियन्त्रणमा लिइएको उनले जानकारी दिए । छिटपुटबाहेक सोमबार सवारी मानवीय क्षति हुने गरी कुनै दुर्घटना नभएको ट्राफिक प्रमुख उमेशले जानकारी दिए ।
