बुटवल ।
सैनामैनामा एक पुरुषको शव फेला परेको छ । रूपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

जिल्लाको सैनामैना नगरपालिका—२ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक पुरुषसँग हिजो सँगै रहेका ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । प्रहरीका अनुशार घटनाको अनुसन्धानका लागि अहिले तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगिएको छ ।
शरीरमा चोट लागेकोले हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
