कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार, दुई किशोर पक्राउ

धनगढी ।
कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोरलाइ प्रहरिले पक्राउ गरेको छ । जिल्लाको धनगढी उप—महानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोरलाइ प्रहरिले पक्राउ गरेको हो ।

घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई हिजो (मंगलबार) मात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।

डीएसपी चन्दका अनुसार पीडित पक्षबाट हिजो मौखिक उजुरी आउने वित्तिकै बलात्कार आरोपी दुई किशोरहरुलाई पक्राउ गरिएको हो । आरोपी पक्राउ परेपछि आज उनीहरुविरुद्ध जाहेरीसमेत दर्ता भएको डीएसपी चन्दले बताए । किशोरीको आजै स्वास्थ्य परीक्षणसमेत गरिएको छ । घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढेको डीएसपी चन्दले बताए । आरोपी नाबालक भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

सम्बन्धित
Loading...