Skin_Hospital_Dhn

आजको मौसमः पहाडी भू—भागमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू—भागमा हिमपात

काठमाडौं ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू—भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू—भागका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सम्बन्धित
Loading...