Skin_Hospital_Dhn

आज राष्ट्रपतिका लागि निर्वाचन हुँदै, बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने

काठमाडौं ।
देशको चौंथो राष्ट्रपतिका लागि निर्वाचन आज हुँदैछ । आज (बिहीबार) हुने निर्वाचनको मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । संघीय संसद अर्न्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् ।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ भने ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजेपछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन।’

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित
Loading...