Skin_Hospital_Dhn

राष्ट्रपति निर्वाचनः रास्वपाले आज निर्णय गर्ने

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको रास्वपाले आज निर्णय लिने भएको हो ।

रवि लामिछाने नेतृत्वको रास्वपाले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन सकेको छैन । पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे बस्नेछ।

रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित
Loading...