
काठमाडौँ ।
राष्ट्रपतिको निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भएको छ ।

निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार साँझ ७ बजेभित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।

उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाबानेश्वरभित्र मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदानस्थलमा नै मत गणना गर्नेछौँ र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने ।
संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ ।
