
काठमाडौं ।
आज (बिहीबार) नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि फागुन १९ मा भएको खेलमा पिएनजीलाई नेपालले हराएको थियो ।


नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज पुनः हुने खेलका लागि नेपाली खेलाडीको सूची सार्वनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक मात्र बनाएको छ।
बिहीबारदेखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचीमा राखेको क्यानले यूएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन।
नेपालले टियु मैदानमा मार्च १२ मा यूएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा यूएईसँग खेल्नेछ।
