अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको मुम्बईमा देहान्त

अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा हिजो (बुधबार) मुम्बईमा देहान्त भएको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसले उनको मृत्युको समाचार लेखेको छ । अनुपम खेर र कंगना रनावतले संजालमा उनलाई श्रद्धाञ्जली दिएका छन् ।

Gaurishankar Dental

रंगमञ्चबाट करिअर सुरू गरेका कौशिकले नेसनल स्कुल अफ ड्रामा नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट पुनामा अध्ययन गरेका थिए । कुन्दन शाहको चर्चित फिल्म “जाने भी दो यारो”मा उनी लेखकका रूपमा सहभागि थिए । फिल्मको क्लाइमेक्समा महाभारतको चीरहरणको दृश्यमा हनुमान आइपुग्ने दृश्य सतिशले नै लेखेका थिए ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

शेखर कपुरको “मिस्टर इन्डिया” र शुभाष घईको “रामलखन” जस्ता फिल्मबाट कमेडियन बनेका सतिश पछि कमेडियनका रूपमा निकै मन पराइएका थिए । दिवाना मस्ताना, साजन चले ससुराल, क्यु कि मै झुट नही बोलता जस्ता फिल्ममा गोविन्दासँग उनको जोडी जमेको थियो ।
बोनी कपुरले निर्माण गरेको अनिल कपुर—श्रीदेवी स्टारर “रूप कि रानी चोरों का राजा”बाट उनले निर्देशन थालेका थिए । त्यसबेलाको सबभन्दा महंगो यो फिल्म फ्लप भएको थियो । पछि उनले “हम आप के दिल मे रहते हैं” तथा “तेरे नाम” जस्ता हिट फिल्म निर्देशन गरे । सलमान खानले निर्माण गरेको पंकज त्रपाठीले अभिनय गरेको “कागज” पनि उनले निर्देशन गरेका थिए ।
अभिनेत्री नीना गुप्ता सतिशकी नेसनल स्कुल अफ ड्रामादेखि की साथी थिइन् । आफ्नो पुस्तक “सच कहुँ तो” मा नीनाले सतिशबारे एउटा किस्सा उल्लेख गरेकी छन् । नीनाले वेस्ट इन्डिजका क्रिकेटर भीभ रिचर्डस् सित विवाह नगरी छोरी जन्माएपछि नीनाको ठूलो बदनामी भएको थियो । त्यतिबेला सतिशले नीनालाई आफूसँग विवाह गरी यो बदनामीबाट जोगिने प्रस्ताव गरेका थिए । सतिश कौशिकलाई श्रद्धाञ्जली।

DHN_Aaglagi
सम्बन्धित
Loading...